पछिल्ला सूचनाहरुः


संक्षिप्त परिचय

विद्यालयको परिचय “शिक्षाले अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउँछ” भन्ने तथ्यलाई हृदयङ्गम गर्दै शिक्षारुपी प्रकाश छर्ने पवित्र उद्देश्यकासाथ वि.सं.२०११ सालमा स्थापना भएको विद्यालय हो,श्री कालिका माध्यमिक विद्यालय । नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरको फालेलुङ् गाउँपालिका वडा नं. ५ मा अवस्थित यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । यो विद्यालय स्थापनाकालदेखि हालसम्म अनवरतरुपमा सेवा क्षेत्रका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रयासरत रहेको कुरामा दुई मत छैन ।फालेलुङ् गाउँपालिकाको ५नं. वडाको सम्पूर्ण क्षेत्र,वडा नं.४ र वडा नं.७ का आंशिक क्षेत्र यस विद्यालयको सेवा क्षेत्रमा समेटिएका छन् । राई,लिम्बू,मगर,तामाङ्,आंशिक रुपमा गुरुङ र दलित समुदायका जातजातिहरु एवम् न्यून संख्यामा रहेका शेर्पा साथै ब्राम्हण क्षेत्री समुदायका बालबालिकाहरू अध्ययन गर्ने यो विद्यालय प्राकृतिक रुपमा समेत अत्यन्तै सुन्दर वातावरणमा अवस्थित छ । भौगोलिक विकटताका कारण दुई तीन घण्टासम्म पैदल यात्रा गरेरै भए पनि विद्यालयमा आई शिक्षा हासिल गर्नुपर्ने यस विद्यालयका केही बालबालिकाको विवशता भने हालसम्म कायमै रहेको छ ।विद्यालयका भौतिक समस्याहरू लगायतका केही समस्याहरुका बावजूत पनि बदलिंदो समय र परिस्थिति सुहाउँदो हुने गरी विद्यालयलाई प्रविधिमैत्री बनाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय परिवार प्रयासरत रहेको छ ।शिक्षक,अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्धले मात्र एउटा विद्यालय राम्रो विद्यालय बन्न सक्छ । तसर्थ यस विद्यालयलाई एउटा राम्रो विद्यालयको रुपमा स्थापित गर्नका लागि सम्बन्धित सबै पक्ष,सरोकारवाला एवम् शुभचिन्तकहरुको थप सहयोगको आवश्यकता छ ।



Man Bahadur Thamsuhang

वि.व्य.स. अध्यक्ष

9818989132



Kishor Gautam

प्रधानाध्यापक

9852644917